दुनाटपरी उत्पादन गर्दै बैतडीका महिला

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीमा दुनाटपरी उद्योग सञ्चालनमा आएको छ । साझेदार निकाय रुडेस र अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा उद्योग सञ्चालनमा आएको हो । जिल्लाको दशरथचन्द नगरपालिका–६ का महिलाहरुले दुना र टपरी उत्पादन गरिरहेका छन् । उनीहरुले स्थानीय स्तरमा पाइने सालका पात प्रयोग गरी फरक फरक किसिमका दुनाटपरी उत्पादन गरेका हुन् ।

सालका पातहरुबाट तीन किसिमका दुना र टपरी तयार गर्ने गरिएको सो उद्योगमा आवद्ध सन्तु भारतीले बताउनुभयो । ‘अहिले तीन किसीमका दुना र टपरी उत्पादन गरीरहेका छौ’उहाँले भन्नुभयो‘उत्पादन गरिएका दुना,टपरीहरु बिक्री गर्न समेत सुरु गरिरहेका छौँ’ ।

यहाँका दुना तथा टपरी बिवाह, ब्रतबन्ध तथा सामुहिक भोजमा प्रयोग हुने गरेका छन् । स्थानीय सरकारबाट बजारीकरणमा सहयोग भएको अवस्थामा उत्पादकत्वमा बृद्धि गराई व्यवसाय विस्तार गर्न सकिने उद्यमी भागरथी जोशीले बताउनुभयो । दैनिक दुईसयबढी दुना तथा टपरी बन्ने गरेका उहाँले जानकारी दिनभुयो । ‘प्लाष्टिकजन्य वस्तुको प्रयोगका कारण परम्परादेखि चल्दै आएको दुनाटपरी हराउँदै गएकाले यसको प्रयोग र संरक्षणमा जोड दिने गरी दुनाटपरी उत्पादन थालिएका हौ ’ जोशीले भन्नुभयो ।

बजारीकणमा सहयोग पुगे थप जनशक्ती परिचालन गरि उत्पादन बढाउन सकिने उद्यमी महिलाहरु बताउछन् । बिवाह, ब्रतबन्ध जस्ता विभिन्न सामूहिक भोजमा प्रयोग हुने प्लाष्टिकजन्य भाडाकुडाको प्रयोग हुने गरेका छन्। ‘ती प्लाष्टिकजन्य भाँडाकुडाहरुले वातारणमा प्रतिकुल असर पार्ने गर्दछ’ साझेदार निकाय रुडेस बैतडीका कार्यक्रम अधिकृत गोपाल भाटले भन्नुभयो ‘यहाँ उत्पादन भएका दुना टपरीहरु वातावरण मैत्री रहेका छन्’ ।

ADVERTISEMENT

आफ्नै गाउँ वरपर रहेका सालका पातहरु प्रयोग गरी व्यवसाय सुरु गरिएको छ भने यसबाट महिलाहरुलाई आर्थिक उर्पाजनसँग समेत जोडेको छ । स्थानीय स्तरमै बनेको दुना तथा टपरीको प्रयोगले वातावरणमा कुनै नकारात्मक प्रभाव नपर्ने र वातावरण संरक्षणमा समेत टोवा पुग्ने भाटले बताउनुभयो ।

रुडेस तथा आक्सफाम नेपालले उद्योग स्थापनाका लागि घर निर्माण गर्नुका साथै औजारको व्यवस्था गरेको थियो, भने दुना तथा टपरी उत्पादनका लागि महिलाहरुलाई तालिमको समेत व्यवस्था गरेको थियो ।

-उद्योगमा दुनाटपरी तयार गर्दै बैतडीको दशरथचन्द नगरपालिका–६ का सन्तु भराती ।

तस्वीर : डम्बर बोहरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?