सिबिफिनद्वारा बैंकिङ सुरक्षा माग

Read Time = 3 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्था र सम्बन्धित संस्थाका कर्मचारीविरुद्धका गतिविधिको निन्दा गरेको छ । सिबिफिनले विश्वव्यापीरूपमा देखापरेका विविध परिघटनाका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण र स्वयं सरकार, आमउद्यम/व्यवसाय र सर्वसाधारणसमेतले वर्तमान अवस्थामा भोगिरहेका समस्याको उचित समाधानका लागि सबैजना एकजुट भएर लागिपर्न र भयरहित वातावरणमा बैंकिङ सेवा सुचारु गर्न उचित शान्तिसुरक्षा व्यवस्था गर्न ध्यानाकर्षणसमेत गराएको छ ।

सुरक्षा निकाय, अस्पताल, बैंक तथा वित्तीय संस्था, एम्बुलेन्स, खानेपानी, फोहोर व्यवस्थापनलगायतका क्षेत्रलाई अत्यावश्यक सेवाका क्षेत्रका रूपमा परिभाषित गरी यस्ता क्षेत्रमा कुनै पनि किसिमका बन्द तथा हड्ताललगायतका कार्य गर्न नहुने/नपाइनेमा विभिन्न व्यावसायिक संस्थाले मंगलबार मकवानपुरको हेटांैडास्थित कुमारी बैंकको शाखा कार्यालयलगायतमा बैंकिङ सेवा अवरुद्ध गरेको सिबिफिनले जनाएको छ । अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र सम्प्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिप्रति सिबिफिनले खेद प्रकट गरेको छ ।

ADVERTISEMENT

जस्तोसुकै समस्या समाधानका उपाय वार्ता तथा संवादमार्फत् समाधान गर्न सकिने मान्यताबमोजिम बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्य तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत् समस्या समाधानका लागि आवश्यक पहलकदमी लिन सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यावसायिक संस्था सिबिफिनले ध्यानाकर्षणसमेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?