पाँचौ अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन कार्यक्रम सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

बोष्टन । पाँचौ अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय साहित्य समाजको प्रत्येक दुई-दुई वर्षमा हुने महिला तथा च्याप्टर सम्मेलन यस पटक अमेरिकाको बोष्टनमा त्यहाँको अनेसास च्याप्टर तथा विभिन्न संघसंस्थाको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई अमेरिकाका सिनेटका सदस्य डा. ह्यारी भण्डारीले पानसमा दीप बालेर समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको सभाध्यक्ष अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा डा. भण्डारीले गर्नुभएको थियो । विशेष अतिथिमा सामाजिक व्यक्तित्व प्रल्हाद केसी, वरिष्ठ साहित्यकार कृष्ण धरावासी, मोहन सिटौला रहुनभएको थियो ।

कार्यक्रममा अतिथिहरूलाई अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले स्वागत गर्नुभएको थियो । मार्च १०मा आमन्त्रित पाहुना तथा प्रतिनिधिहरूलाई सांगीतिक कार्यक्रमका साथ परिचय, रात्रिभोज तथा अनेसास दिवसका अवसरमा केक काटेर स्वागत गरिएको थियो । बालसहभागिता पनि रहेको सम्मेलन शुभारम्भमा मंगलाचरण मन्त्र र नेपाली राष्ट्रियगानबाट शुरु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. भण्डारी, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा ट्रस्टिजको निवर्तमान अध्यक्ष गीता खत्री, ट्रस्टिजको सभापति पदम विश्वकर्मा, विशेष अतिथि प्रह्लाद कैसी, जिबीएनसीका अध्यक्ष अन्जु थापा लगायतका व्यक्तित्वले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

त्यस्तै दोस्रो दिन महिलाको कार्यक्रममा मुख्य वक्ता सीता पाण्डे अनेसासका सल्लाहकार भारती गौतम, प्रतिनिधि सभा पूर्व सदस्य शान्ता चौधरी, एनआरएनए ग्लोबल महिला कोअर्डिनेटर तृष्णा शर्मा ट्रष्टी सदस्य रश्मी भट्टलगायत महिला प्रतिनिधिहरू सम्बोधन गर्नुभएको थियो ।

ADVERTISEMENT

संस्थामा लामो समयदेखि योगदान दिने रोहिणी शर्मालाई अभिनन्दन गरिको थियो भने अग्रज साहित्यकार मोहन सिटौलालाई अनेसास डायस्पोरा साहित्यरत्न र अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा ट्रस्टिजको निवर्तमान अध्यक्ष गीता खत्रीलाई अनेसास डासयस्पोरा नारीरत्न पुरस्कारले सम्मान अर्पण गरिएको थियो ।

त्यस्तै प्रवासमा नेपाली भाषा पाठशालामार्फत बालबालिकालाई भाषा प्रशिक्षण गराउंदै आउनुभएकी पदमा लिंखा मगर र जानु ओझालाई आदर्श गुरुआमा पुरस्कारबाट नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा अनेसासका अध्यक्ष पूजाले आउँदा दिनहरूमा अनेसासमा नेतृत्व तयार गर्नका लागि विभिन्न चरणमा विभिन्न पदाघिकारीलाई जिम्मेवारी दिनुभएको थियो । केन्द्रका केन्द्रीय पदाधिकारीले अध्यक्षता ग्रहण र कार्यक्रम पालैपालो सञ्चालन गर्दा कार्यक्रमस्थल रोमाञ्चित भएको थियो । कार्यक्रम स्थलमा झण्डै तीन सय जना साहित्यिक सर्जकहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा अमेरिकाका विभिन्न राज्यलगायत, नेपाल, भारत, जापान र युरोपलगायत विभिन्न देशका च्याप्टर तथा महिला प्रतिनिधिहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?