काठमाडौं । अमेरिकाले रूसको लडाकु विमानले आफ्नो ड्रोनमा आक्रमण गरेको आरोप लगाएको छ।
यूक्रेन युद्धको विषयमा अमेरिका र रूसबीच विवाद बढिरहेको बेला रूसका दुई लडाकु विमानले घेरेर आफ्नो ड्रोन ब्ल्याक सी (कालो सागर)मा खसालेको दाबी अमेरिकी अधिकारीले गरेका हुन्।
यूरोप र अमेरिकाबीच रहेको ब्लायक सी यूक्रेनलगायत अन्य देशहरू ढाकिएको भाग हो। रूस-यूक्रेन युद्धपछि उक्त भागमा अमेरिकाले उडान गर्दै आएको थियो। तर रूसी विमान र अमेरिकी ड्रोन आमनेसामने भएको घटना भने यो पहिलो हो।
रूसी एसयू-२७ लडाकु विमानले दुईतिरबाट घेरेर ड्रोनमा क्षति पुर्याएको आरोप अमेरिकाको छ। जसले ड्रोनको प्रोपेलरमा क्षति पुगेको छ।
उक्त घटनाले दुई देशबीचको सम्बन्धमा थप दरार आएको छ। घटनाको विरोध गर्दै अमेरिकी वायुसेनाका जनरले जेम्स ह्याकरले रूसको उक्त आक्रमणको भर्त्सना गरेका छन्। यद्यपि, रूसले भने आरोप अस्वीकार गरेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts