जितपुर सिमरा गोल्डकपको प्रायोजकमा जगदम्बा

Read Time = 1 min

काठमाडौं । जगदम्बा स्टिल्स १३औँ जितपुर सिमरा गोल्डकप २०७९ हुने भएको छ । नव जनजागृति युवा क्लब सिमराको आयोजनामा सिमरा रंगशालामा चैत ९ देखि सुरु भई चैत १८ गते सम्पन्न हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मुख्य सहयोगी जितपुर सिमरा उपमहानगरपालिका र मुख्य प्रायोजक जगदम्बा स्टिल्स रहेका छन् भने सहप्रायोजकमा सूर्य नेपाल र हुलास स्टिल रहेका छन् । प्रतियोगितामा प्रथम पुरस्कार १० लाख, द्वितीय पुरस्कार पाँच लाख र सर्वोकृष्ट खेलाडी पुरस्कार मोटरसाइकल/स्कुटी रहेको छ ।

ADVERTISEMENT

विधागत पुरस्कारतर्फ २० हजार र प्रत्येक दिनको उत्कृष्ट खेलाडी म्यान अफ दी म्याच १० हजार, स्थानीय उदयीमान खेलाडी पुरस्कार १५ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज