एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ संसदीय दलको उपनेता नियुक्त हुनुभएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार नेम्वाङलाई उपनेतामा नियुक्त गर्नुभएको हो । ‘तपाईंलाई नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु । तदनुरूप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुहुने छ भन्ने विश्वास लिएको छु’, ओलीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ ।

नेम्वाङ गत बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । तर, उहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहित आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित हुन पुग्नुभएको थियो ।

ADVERTISEMENT

नेम्वाङ यसअघिको संसद्मा पनि संसदीय दलको उपनेता भइसक्नु भएको थियो । उहाँ पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष पनि हुनुहुन्छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित सांसद हुनुहुन्छ । एमालेले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्ताैलालाई नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *