काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ । मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको आयोजक तथा रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिनुभएको छ ।
ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तोमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको उहाँको भनाइ छ । गर्मी सिजन सुरु हुन लागेकाले सोही सिजन लक्षित जुत्ता चप्पल मेलामा राखिएको बेम्बो सुजका सविन कार्कीले बताउनुभयो । कार्कीका अनुसार मेलामा दुई सय ५० देखिका चप्पल र पाँच सय रुपैयाँदेखिका जुत्ता उपलब्ध हुनेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts