नेपालको पर्यटन प्रवर्द्धन गर्न अष्ट्रेलियाको एडिलेडमा नेपाल महोत्सव हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

एडिलेड । नेपालको पर्यटन प्रवर्द्धन गर्न उद्देश्यसहित अष्ट्रेलियाको एडिलेड शहरमा नेपाल महोत्सव हुने भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा १८ मार्च (४ चैत)मा हुने महोत्सवमा प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलको विपक्षी दलको उपनेता जिङ ली, संसद सदस्यहरु, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले बताउनुभयाे ।

ADVERTISEMENT

महोत्सवका लागि अष्ट्रेलियन डलर एक लाखदेखि एक लाख २० हजारसम्म खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा जसमा १० वटा ठूला स्टलसहित ४० वटा स्टल हुनेछन् । मुख्य आर्कषणका रुपमा नेपालको विविधता झल्कने नेपाल हाउसको निर्माण गरिने भएको छ । जसमा नेपालका परम्परागत ढिंकी जाँतो, भेषभुषा, हिमाल दृष्य समेटिएका फोटोहरु, त्यसै गरि धरहरा, पशुपति, स्वयंम्बु समेत राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *