नवनिर्वाचित राष्ट्रपति पौडेलले आज शपथग्रहण गर्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुुहुन्छ। पौडेलले दिउँसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथग्रहण गर्ने कार्यक्रम तय भएको हो ।

उहाँलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुनेछ। शपथपछि पौडेल पाँच वर्षका लागि शीतलनिवासमा बस्नुहुनेछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा उहाँले एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गनुृभएको थियो ।

ADVERTISEMENT

संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित हुनुभएको थियो ।

नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *