काठमाडौं । स्वच्छ पिउने पानीका लागि केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस नेपाली बजारमा भित्रिएको छ । इओएल प्रालिको नेपालमा केन्ट उत्पादनका लागि आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको कम्पनीले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आरओ मोडल नेपाली बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार केन्ट पर्ल स्टार एक उत्कृष्ट आरओ वाटर प्युरिफायर हो, जुन शुुद्धताको डिजिटल डिस्प्ले साथ आउँछ र शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दरलगायतको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ । उक्त प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक र फ्लोराइडजस्ता विघटित अशुद्धता हटाउँछ र पानी पिउनयोग्य बनाउन ब्याक्टेरिया र भाइरस पनि नष्ट गर्छ । साथै नयाँ मोडलमा झन्झटमुक्त सफाइ र स्वच्छ उपभोगका लागि पारदर्शी भण्डारण ट्यांकी छ जुन झिकेर सफा गर्न सकिन्छ । केन्ट पर्ल स्टारको ४९ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।
त्यस्तै, क्रिस्टल सिरिजको स्टार, केन्ट क्रिस्टल स्टार एक प्राविधिकरूपमा उन्नत आरओ वाटर प्युरिफायर हो, जसमा शुद्धताको डिजिटल डिस्प्ले सुविधा रहेकाले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ । भण्डारण ट्यांकीमा रहेको युभी एलइडीले पानी ब्याक्टेरियामुक्त र शुद्ध राख्छ । केन्ट क्रिस्टल स्टारको मूल्य ४८ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।
त्यसैगरी केन्ट क्रिस्टल प्लस नेक्स्ट जेन आरओ वाटर प्युरिफायर हो । जसको अत्याधुनिक प्युरिफायरले हरेक पटक शतप्रतिशत शुद्ध पानी सुनिश्चित गर्छ । केन्ट क्रिस्टल प्लसको मूल्य ३५ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता