उपराष्ट्रपति निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।

उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी निर्वाचन आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

यसअघि शनिबार जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो । नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवले उम्मेदवारी दर्ता गनुृभएको थियो ।

ADVERTISEMENT

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमीला यादवको उम्मेदवारी दर्ता भएको छ । एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहनुभएको छ । उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज