श्री एयरलाइन्सको ग्राउण्डेड फुकुवा

फाईल तस्बिर

Read Time = 2 mins

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले श्री एयरलाइन्सका सबै जहाजमाथिको ग्राउण्डेड फुकुवा गरेको छ । क्यानका प्राविधिकहरूले श्रीका उडानमा रहेका जहाज परीक्षण गरेर उडानका लागि अनुमति दिएको हो । भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय प्राधिकरणले शुक्रबारदेखि कुनै पनि उडान गर्न नपाउने निर्णय गरेको थियो ।

ADVERTISEMENT

श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना कम्पनीका जहाज जाँच तथा अध्ययन गरी पुनः सेवा सञ्चालन गर्न अनुमति दिएको जनाएको छ । कर्पोरेट प्रबन्धक अनिल मानन्धरद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञहरूको टोलीद्वारा यस एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इञ्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरी श्री एयरलाइन्स उडानका लागि पूर्ण सुरक्षित भएकाले पुनः सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको बेहोरा हाम्रा सम्पूर्ण आदरणीय यात्रु तथा शुभचिन्तकहरूलाई जानकारी गराउन चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?