मुन्द्रे कमेडी क्लबको प्रायोजकमा सिटी एक्सप्रेस

Read Time = 1 min

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक बनेको छ । उक्त कार्यक्रम चैत २ गतेदेखि नियमितरूपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टिभीमा प्रसारण हुने र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुने भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा मुन्द्रेको कमेडी क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच मुख्य प्रायोजक सिटी एक्सप्रेस मनी ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ ।

ADVERTISEMENT

कार्यक्रमका मुख्य पात्रका रूपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्की तथा अन्य कलाकारमा दमन रूपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटा रहनुहुनेछ । कार्यक्रमको निर्देशन दिनेश डिसीले गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?