काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिनुभएको छ ।
ओलीले लेख्नुभएको छ, ‘तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा