आजदेखि काठमाडौंमा दोस्रो अर्थशास्त्री सम्मेलन

Read Time = 3 mins

काठमाडौं । आजदेखि काठमाडौंमा दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आयोजना हुँदैछ । आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नारा दिइएको यस सम्मेलन विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले आयोजना गर्न लागेको हो ।

अर्थतन्त्रका समसामयिक मुद्दाहरूमा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरू तथा नीति निर्माणमा संलग्न निकायहरूलाई कार्यान्वयनको लागि सुझाव दिने उद्देश्यका साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

दुई दिने सम्मेलनलाई पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन प्राविधिक सत्र गरी विभाजन गरिएको आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहने पहिलो दिनको कार्यक्रम काठमाडौंको राष्ट्रिय सभागृहमा आज दिउँसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम बिहान ७ बजेदेखि होटेल एलो प्यागोडा जमलमा सुरु हुने समय तालिका रहेको छ ।

ADVERTISEMENT

पहिलो दिनको उद्घाटन सत्रमा एउटा र प्राविधिक सत्रमा १५ वटा समसामयिक विषयहरूमा कार्यपत्रहरू प्रस्तुत हुने बताइएको छ । अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्रीहरू, पूर्व अर्थमन्त्रीहरू, राजनीतिक पार्टीका प्रतिनिधिहरू, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व उपाध्यक्षहरू, राष्ट्र बैंकका गभर्नर तथा पूर्वगभर्नरहरू सहभागी हुनेछन् ।

यस्तै, वरिष्ठ तथा उदीयमान अर्थशास्त्रीहरू, कामनपा प्रमुख, बैंकर्स एसोसिएसनका प्रतिनिधि, उद्योग वाणिज्य महासङ्घ नेपाल, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, सहकारी महासङ्घका अध्यक्ष, एनआरएनएका अध्यक्ष, विश्वविद्यालयका उपकुलपतिहरू समेत सम्मेलनमा सहभागी हुने बताइएको छ । यसका साथै, गाउँपालिका तथा नगरपालिका महासंघका अध्यक्षहरू, सांसदहरू, बैंकिङ क्षेत्रका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू लगायतको समेत सहभागिता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज