काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरू एक भएर जानु पर्ने बताउनुभएको छ ।
राष्ट्रपतिका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुग्नुभएका नेम्वाङले मतदानअघि यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘यो देशका सम्पूर्ण राजनीति दलहरू एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’
चुनौतीबाट पार पाउनका लागि देश र जनता एक ठाउँमा उभिनु पर्ने उहाँले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts