काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक आज प्रतिनिधिसभामा दर्ता गर्ने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने र तत्काल मन्त्रिपरिषद् बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ ।






