काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले २०७९ असारसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको हो ।
बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर रहेको छ । कम्पनीको सनलाइफ सावधिक जीवन बीमालेख, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक), बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावधिक जीवन बीमा) र सुनौलो सावधिक जीवन बीमालेखमा बीमा अवधिका आधारमा बीमितले प्रतिहजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै, कम्पनीले नवीन आजीवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमा अवधिका आधारमा न्यूनतम ३८ रुपैयाँदेखि ७५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।






