श्रीलंकामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

Read Time = 1 min

रासस/सिन्हृवा । श्रीलंकाको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउन उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएका छन् ।

क्षेत्रीय निर्वाचन अधिकारीलाई अप्रिल २५ लाई निर्वाचनको दिनको रूपमा सरकारी घोषणा भएको जानकारी दिएको छ । प्रादेशिक निर्वाचन अधिकारीहरूले यस वर्षको सुरुमा सरकारले स्थानीय चुनाव मार्च ९ गते हुने घोषणा गरेका थिए । तर, सरकारले अपुग रकमका कारण देखाउँदै निर्वाचनमा ढिलाइ गरेको थियो ।

ADVERTISEMENT

श्रीलंकाले स्थानीय सरकार निकायहरूका लागि प्रत्येक चार वर्षमा एकपटक चुनाव गर्दछ र स्थगित स्थानीय चुनावहरू २०२२ मा हुने तालिका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज