सप्तरी । सप्तरीमा बुधबार टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सप्तरीको बिष्णुपुर गाउँपालिका–१ हुलाकी राजमार्ग स्थित जमुनीमा पश्चिम बाट पूर्वतर्फ आँउदै गरेको ना ३ स ९६३० नं. को टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिका–८ बिसनपुर बस्ने मो. दलिलको श्रीमती अन्दाजी ४० वर्षीया आमना खातुनकोको मृत्यु भएको हो ।
टेम्पुमा सवार सप्तरीको बिष्णुपुर गाउँपालिका–६ कटिटोल बस्ने अन्दाजी ५५ वर्षीय लक्ष्मीराम सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
टेम्पो चालक सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो बस्ने अन्दाजी ४७ वर्षीय हरेराम मण्डल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच