महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता : देउवा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना जारी गर्दै नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै कांगेस सभापति देउवाले शहरदेखि दुर दराजका गाउँहरूमा आज पनि महिलाहरू शोषण, दमन र उत्पीडनबाट आक्रान्त भएकाले महिला जागरण आवाश्यक भएको जनाउनुभएको हो ।

ADVERTISEMENT

हिंसा-लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको सभापति देउवाले भन्नुभएको छ, ‘हिंसा- मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा- सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ ।

महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउने देउवाले विश्वास ब्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *