भोजपुर । उमेरले ७२ वर्ष पुग्नुभएका भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका-५, दोभानेका लाक्पा शेर्पाले डाक्टरलाई भगवान् नै मान्नुभयो । कारण थियो गाउँपालिकामा चलेको तीन दिने आँखा शल्यक्रिया शिविरमा उहाँले पनि मोतियाबिन्दु भएको आँखाको शल्यक्रिया गराउनुभयो ।
विगत दुई वर्षदेखि देब्रे आँखामा मोतियाबिन्दु भएर आँखा देख्न छाड्नुभएका शेर्पाले पुन पहिलाको जस्तै आँखा देख्न थाल्नुभएपछि भन्नुभयो, ‘मेरो आँखा पुन पहिलाकै अवस्थामा देख्ने बनाई दिने डाक्टर मेरा लागि त भगवान् नै भए नि ।’ आर्थिक समस्या र जिल्लाबाहिर गएर उपचार गराउन नपाउने आँखाका रोगीहरूका लागि गाउँमै आएको शिविर वरदान सावित भएको छ ।
नेपाल नेत्रज्योति संघ आँखा तथा कान कान उपचार केन्द्र भोजपुरको आयोजना तथा गाउँपालिकाको सहयोगमा सञ्चालित शिविरमा विराटनगर आँखा अस्पताल रानीको विशेषज्ञ स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो । डाक्टर आशिष कर्मचार्य लागायतको टोलीले शिविरमा प्राविधिक सहयोग गरेको हो ।
गाउँमा चलेको शिविरमा २६३ जनाले आँखाको उपचार पाउनुभयो भने ५९ जनाको मोतिबिन्दु र सात जनाको सामान्य अप्रेसन भएको छ । नेपाल नेत्रज्योति संघ आँखा तथा कान कान उपचार केन्द्र भोजपुरले जिल्लाका ग्रामीण क्षेत्रहरूमा सुरु गरेको गाउँ केन्द्रित शिविरहरू प्रभावकारी बनेको नेपाल नेत्रज्योति संघ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच