काठमाडौं । एनआइसी एसिया क्यापिटल लिमिटेड सातौँ वर्षमा प्रवेश गरेको छ । छैटौँ वार्षिकोत्सवका अवसरमा क्यापिटलबाट प्रदान गरिने विभिन्न सेवामा छमा छ अफर योजना सार्वजनिक गरेको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ कम्पनीले वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र छ रुपैयाँ लिई एक वर्षका लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने अफर ल्याएको छ । अफर चैत मसान्तसम्म सञ्चालन हुनेछ ।
त्यस्तै, एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फण्डको सिस्टमेटिक इन्भेष्टभेन्ट प्लान(एसआइपी)मा चैत मसान्तसम्म सहभागी हुने इकाईधनीमध्ये छजना इकाईधनीले पाँच सय रुपैयाँ बराबरको क्यापिटलतर्फबाट एसआइपी रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआइपी बुस्टर सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले उपलब्ध गराउने संस्थागत परामर्श सेवा शुल्कमा छजना व्यक्ति तथा संस्थालाई सेवा शुल्कमा ५० प्रतिशत छुट योजना सार्वजनिक गरेको हो । एनआइसी एसिया ९९९ लाइफटाइम डिम्याट योजनामा सहभागी खातावालामध्ये छजनालाई उक्त ९९९ रुपैयाँ क्यासब्याक दिने भएको छ भने एनआइसी एसिया १००० लाइफटाइम मेरो सेयर योजनामा सहभागी मेरो सेयर प्रयोगकर्तामध्ये छजनालाई उक्त एक हजार क्यासब्याकका साथै विओ टु विओमार्फत् क्यापिटलमा डिम्याट खाता ट्रान्सफर गर्दा निःशुल्क गरिदिने व्यवस्थासमेत मिलाइएको छ ।
फोटो छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच