फोहोर व्यवस्थापन नहुँदा रामग्राम नगरपालिका दुर्गन्धित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

नवलपरासी । नवलपरासीको सबैभन्दा पुरानो नगरपालिकाको रूपमा रहेको रामग्राम नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको छ । फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको उचित व्यवस्था हालसम्म पनि नहुँदा त्यहाँका स्थानीय फोहोरको मारमा परेका हुन् । फोहोर सहुवाटिकर नदी किनारामा फालिने र त्यसले स्थानीय र नदीलाई समेत दुर्गन्धित बनाउँदा आफूहरू मारमा परेको स्थानीयको गुनासो छ । खेतीयोग्य जमिनमा सिधै फोहोर फालिँदा स्थानीय किसानहरू समेत मारमा परेका छन् ।

फोहोर व्यवस्थापनका लागि हालसम्म पनि यस नगरपालिकामा डम्पिङ साइट बनेको छैन । दिनहुँ निस्कने फोहोर रामग्राम नगरपालिकाको वडा नम्बर १ को सहुवाटिकरस्थित नदीको किनारमा निजी जग्गामा पनि फैलिँदै गएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा फोहोर सिधै नदीमा खस्दा त्यसमा पनि प्रदूषण बढेको छ । दैनिक निस्किने फोहोरले दुर्गन्ध बढेको मात्र होइन निजी जग्गामा अस्पतालजन्य हानिकारक फोहोर स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्जसहितका अस्पतालजन्य फोहोर, मारेका चौपाय गाई, गोरु, कुकुर, बिरालो साथै सबै किसिमका फोहोरजन्य पदार्थ व्यवस्थापन नहुँदा स्वास्थ्यका लागि हानिकारक हुने भएको छ ।

नगरपालिकाले मनलाग्दी फोहोर फालिरहेको छ । जसकारण वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको सरोकारवालाले बताउँदै आएका छन् । तर, नगरको फोहोर व्यवस्थापन गर्न नसक्नुमा स्थानीय जनप्रतिनिधिहरू नै दोषी रहेको स्थानीयको आरोप छ ।

ADVERTISEMENT

अधिकांश स्थानीय तहले अहिले फोहोरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न सकेका छैनन् । जसकारण खोला, बाटो, झाडी, जंगलजस्ता ठाउँमा फोहोर देखिन्छन् । फोहोर व्यवस्थापन गर्नु नसक्नुमा प्रमुख दोष नगरलाई जान्छ । नगरको फोहोर व्यवस्थापन गर्ने प्रमुख दायित्व नगरको हो तर स्थानीय सरकारले दीर्घकालीन सोचका साथ काम नगरेको स्वयम् जनप्रतिनिधिकै आरोप छ । रामग्राम नगरपालिका-१ का वडाध्यक्ष रुद्रप्रसाद उपाध्यायले नगरपालिकाले बजेटको उचित व्यवस्था नगरेकाले फोहोरको व्यवस्थापन गर्न नसकिने स्वीकार गर्नुभयो ।
आफ्नो नगर कस्तो बनाउने हो ? त्यो भिजन रामग्रामले बनाउन सकेको छैन ।

यसमा दोषी नगर प्रमुख मात्र होइन सबै जनप्रतिनिधिहरूको दोष छ । हिजो नहुँदा हामी गर्छौं भन्नेहरू आज त्यही ठाउँमा पुगेका छन् । तर, किन उनीहरूले नै गर्न सकेनन् ? स्थानीयले प्रश्न उठाएका छन् । डम्पिङ साइटको तत्काल व्यवस्थापन गरेर फोहोरको व्यवस्थापन गर्नुपर्दछ । फोहोरकै कारण विभिन्न खाले रोगको जोखिम हुन्छ, त्यसको व्यवस्थापनमा नगरपालिकाले बेलैमा ध्यान दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?