स्मार्ट च्वाइस र माछापुच्छ्रेबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र माछापुच्छ्रे बैंकबीच बैंकद्वारा सञ्चालित रेमिट्याप वालेटमा स्मार्ट क्युआरमार्फत् भुक्तानी सेवा सञ्चालन सम्झौता भएको छ ।

सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गर्नुभएको छ ।

ADVERTISEMENT

२० वर्षदेखि कार्डलगायत भुक्तानीमा विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइस र नेपाली वालेट प्रयोगकर्ताबीच लोकप्रिय रेमिट्याप वालेटबीच भएको सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज