हिटाकर्मी शिवाकोटी सम्मानित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दोलखा । हिमालय टाइम्स दोलखा संवाददाता नवराज शिवाकोटी सम्मानित हुनुभएको छ । दोलखा उद्योेग वाणिज्य संघको २३औं साधारणसभा तथा १५औं अधिवेशनको उपलक्ष्यमा शिवाकोटी सम्मानित हुनुभएको हो ।

आर्थिक पत्रकारिताको क्षेत्रमा विगत १५ वर्षदेखि कलम चलाइरहनुभएका शिवाकोटीलाई पाँच हजार नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको दोलखा उद्योग वाणिज्य संघका सल्लाहकार श्यामप्रसाद खतिवडाले जानकारी दिनुभयो । शिवाकोटीका साथै स्थानीय कालिञ्चोक एफ एमका स्टेशन म्यानेजर जीवन लामालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

ADVERTISEMENT

उहाँहरूलाई २३औं साधारणसभा तथा १५औं अधिवेशनका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघका जिल्ला तथा नगर उपाध्यक्ष दिनेश श्रेष्ठले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?