पूर्वमाओवादीहरु एकजुट हुन प्रचण्डको आह्वान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताउनुभएकाे छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादीहरु एकजुट भएर सडकमा लाखौँ जनता उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरु कमजोर हुने दाबी गर्नुभयाे ।

ADVERTISEMENT

डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवसहितका पूर्वमाओवादी नेताहरुलाई एकजुट हुन आह्वान गर्दै प्रचण्डले भन्नुभयाे, एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन् । माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ।’

माओवादी शक्तिहरू एकताबद्ध हुँदाको प्रभाव बुझेर  प्रतिक्रियावादीहरुले विभिन्न भ्रम छरेर घेरा हाल्ने षड्यन्त्र गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले माओवादीहरु एकजुट भएर फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सकिने दाबी गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?