लोकतन्त्र नै सिध्याउने खेल भयो : अध्यक्ष केसी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लामो संघर्ष र बलिदानीबाट ल्याएको लोकतन्त्र नै सिध्याउन विभिन्न शक्तिहरू लागेको आरोप लगाउनुभएको छ । शुक्रबार बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले मुलुक अस्थिरतातर्फ गइरहेको बताउनुभएको हो ।

ADVERTISEMENT

उहाँले स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्थामा कुनै परिवर्तन नआएको जिकिर गर्नुभयो । प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका केसीले सत्ताका लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धी विभिन्न शक्तिहरू सकाउने खेलामा लागेको बताउनुभयो । गाउँमा बस्ने जनतालाई गणतन्त्र गएर लोकतन्त्र आएर केही फरकै पार्न नसकेको अध्यक्ष केसीको भनाइ छ । ‘प्राणाली फेरियो, राणा शासनको ठाउँमा राजा शासन आयो, पञ्चायती व्यवस्थाका ठाउँमा गणतन्त्र आयो, संघीयता आयो तर नेपाली जनताको अवस्थामा परिवर्तन आएन, गाउँमा बस्ने सर्वसाधारणलाई गणतन्त्र गएर के भो ?, गणतन्त्र रहेर के हुन्छ ?, लोकतन्त्र सिधिएर के हुन्छ ?’ उहाँले भन्नुभयो ।
अध्यक्ष केसीले थप्नुभयो, ‘यहाँको व्यवस्थासँग किसानहरूलाई सोझासाझा जनतालाई त्योसँग सरोकार हुँदैन, उनीहरूलाई नुन के भाउमा पाइन्छ ?, तेल के भाउमा पाइन्छ ?, छोराछोरीलाई कुन स्कुल पठाउँदा कति फी तिर्नुपर्छ ?, लत्ता कपाडा चामल कसरी जोहो गर्नुपर्छ ?, चाडबाड कसरी मान्नुपर्छ ?, त्यो बेलाको समस्या मात्र हुन्छ ।’
अहिलेको राजनीति विकृत बन्दै गएको उहाँको भनाइ छ । राजनीति गर्नेहरूले देश र जनताको लागि नभई आफ्नो स्वार्थका लागि गर्ने गरेको भन्दै यसले कुनै पनि हालतमा आम नागरिकको जीवनमा परिवर्तन ल्याउन नसक्ने दाबी गर्नुभयो । ‘नेपालका राजनीतिक पार्टीहरूको समस्या त्यही हो, मैले पनि ५०÷५५ वर्षदेखि हेरिराखेको छु, लोकतान्त्रिक आन्दोलनमा गणतान्त्रिक आन्दोलनमा सँगै छु’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *