८ दलिय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति : शरदसिंह भण्डारी

अरु दलकासँग होइन, काँग्रेसी साथीहरुमाथि नै शंका छ : मातृका यादव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले ८ दलिय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको स्पष्ट पार्नुभएको छ ।

जनकपुरधाममा ८ दलिय सत्ता गठबन्धनको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको स्पष्ट पार्नुभएको हो ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने बताएपछि ८ दलिय गठबन्धन अहिले राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित रहेको भण्डारीले बताउनु भयो । उहाँले सञ्चारमाध्यममा उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरु, प्रदेश सरकारको विषयमा अहिले गठबन्धनभित्र कुनै किसिमको छलफल नभएको बताउनु भयो ।

भण्डारीले यो गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नका लागि समेत बनेको बताउनु भयो । उहाँले यसअघिको सत्ता गठबन्धन सहमतिको राजनीतिलाई तोडेकै कारण भत्किएको दाबी गर्नुभयो । शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण एमाले अहिले सत्ता गठबन्धन बाहिर रहेको भण्डारीको भनाई थियो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘अहिले हामी राष्ट्रपतिमा हाम्रो गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउने गृहकार्यमा लागेका छौँ, अहिले राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको छ, बाँकी विषयमा पछि सहमति हुँदै जाला ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले गठबन्धनको उम्मेदवार पौडेललाई निर्वाचित गराउनका लागि नेपाली काँग्रेस आफैँ इमान्दार हुनु आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रपति उम्मेदवारलाई गठबन्धनले जिताउन काँग्रेसका नेताहरु नै इमान्दार हुनुपर्ने बताउनु भयो । उहाँले काँग्रेसका नेताहरुमा नै आफ्नो शंका रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म काँग्रेसी साथीहरुलाई सोध्न चाहन्छु तपाईहरुले मत दिनु हुन्छ कि नाई ।’ नेपाली काँग्रेससँग सबैभन्दा धेरै मत रहेकाले काँग्रेसी साथीहरुलाई इमान्दार हुनु आवश्यक छ, मलाई कुनै दलको साथीमाथी शंका छैन, काँग्रेसी साथीहरुमाथी नै शंका छ तपाईहरु पहिला ईमान्दार हुनुस काँग्रेसी साथीहरु ।’

अभिमुखिकरण कार्यक्रममा ८ दलिय गठबन्धनमा आवद्ध ८ वटै दलका नेताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?