फागुन २५ देखि भैरहवाबाट जजिराको पुनः उडान

Read Time = 2 mins

काठमाडौं । जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गतेदेखि निर्धारित उडान पुनः सुरु गर्ने घोषणा गरेको छ । जजिराले फागुन २५ गतेदेखि भैरहवाबाट साप्ताहिकरूपमा तीन उडान गर्ने जनाएको छ । भैरहवाबाट कुवेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समयअनुसार बिहान आठ बजेर पाँच मिनेटमा उडान भर्नेछ भने कुवेतमा स्थानीय समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा अवतरण गर्नेछ । जजिराले भैरहवादेखि कुवेतसम्म २८ हजार ८ सय ३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानको भाडा कायम गरेको छ ।

नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहले भन्नुभयो, ‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिबद्धताअनुसार नै हामीले मध्यपूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकबीच लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल साथै आध्यात्मिक गन्तव्यका रूपमा प्रवद्र्धन गर्दैछौँ । यस प्रवद्र्धनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थिति र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ भन्नेमा हामी विश्वस्त छौँ ।’

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज