कोरोनाले सुस्ताएको पर्यटन उकास्न महोत्सव हुने

Read Time = 3 mins

पाल्पा । सबैको उत्सव, पाल्पा महोत्सव भन्ने नाराका साथ कोरोनाले सुुस्ताएको पर्यटन व्यवसाय उकास्न वैशाखमा पाल्पा महोत्सव हुने भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा वैशाख १४ देखि २४ गतेसम्म महोत्सव हुन लागेको हो ।

जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय र सांस्कृतिक क्षेत्रको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘हामीले महोत्सव गर्ने मिति तय गरेका छौँ, अब छिट्टै उपसमिति गठन गरी तयारी अघि बढाउँछौँ ।’

संघले महोत्सवका लागि स्थान भने तय गरेको छैन । विगतका महोत्सव तानसेनको टुँडिखेलमा गर्दै आए पनि तानसेन नगरले मेला, महोत्सव गर्न रोक लगाएपछि कहाँ गर्ने भन्ने विषयमा संघले निर्णय गर्न नसकेको हो । अध्यक्ष भट्टराईले भन्नुभयो, ‘हामीले महोत्सव कहाँ गर्ने भन्ने विषयमा निर्णय गरिसकेका छैनाँै, छिट्टै स्थानको खोजी गरी उपयुक्त ठाउँ छनोट गर्नेछौँ ।’ संघले बतासेडाँडा, श्रीनगर, बाँसटारी, गोर्खेकोटलगायतका स्थानको अवलोकनपछि मात्र स्थान तय गर्ने जनाएको छ ।

ADVERTISEMENT

पाल्पाली उद्योगी, व्यवसायीको छाता संस्थाका रूपमा स्थापित संघले विगत लामो समयदेखि तानसेनमा मेला, महोत्सव आयोजना गर्दै आएको छ । संघले कोरोनाका कारण धरासायी भएको उद्योग, व्यवसाय र पर्यटन क्षेत्र उकास्न यस वर्षको महोत्सवले महत्वपूर्ण टेवा पुुग्ने विश्वास लिएको छ । कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धन गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान हुने भएकाले आन्तरिक तथा बाहृय पर्यटक वृद्धि हुने संघको अपेक्षा छ । महोत्सवले चौतर्फी व्यवसायमा सहयोग गर्ने संघका अध्यक्ष भट्टराईले बताउनुुभयो ।

उहाँले भन्नुभयो, ‘सुस्ताएको व्यवसाय माथि उठाउन महोत्सवले इँटा थप्नेछ, यसले व्यवसायीबीच सहकार्य गर्नेसमेत अवसर दिन्छ । कोरोनाका कारण पर्यटन क्षेत्र चुनौतीपूर्ण बनेका बेला पुनः यसमा सुुधार ल्याउन महोत्सवले टेवा पुग्ने विश्वास छ । अब चाहिँ घुमघाम, व्यापार–व्यवसाय गर्ने वातावरण केही सहज भएको रहेछ भन्ने प्रचार गर्न महोत्सव आयोजना गर्न लागेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?