संघीय निजामति ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिन्छ : अध्यक्ष यादव

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय निजामति ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको बताउनुभएको छ ।

बुधवार जनकपुरमा आयोजित मधेस प्रज्ञा प्रतिष्ठानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले चाँडै नै संघीय निजामति ऐन र प्रहरी समायोजन ऐन पास गर्नुपर्ने बताउनु भयो ।

उहाँले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक्ताअनुसार काम गर्न नसकेको दाबी गर्नुभयो । अध्यक्ष यादवले संघीय निजामति ऐन तत्काल पास गरेर प्रदेशमा कर्मचारीतन्त्र स्थापना गर्नुपर्ने र प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न जरुरी भइसकेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘संघीय निजामति ऐनको आधारमा केन्द्र सरकार कसरी अघि बढ्छ भन्ने थाहा हुन्छ । एउटा संघीय निजामति ऐन छिटो पास गर्नुपर्छ र प्रदेश कर्मचारीतन्त्रको स्थापना गर्नुहोस् । प्रहरी समायोजन गरेर प्रदेशलाई अधिकार हस्तान्तरण गर्नुपर्छ । प्रशासनिक शक्ति प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ ।’

अध्यक्ष यादवले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता फर्काउने आवाज उठेपनि अब सम्भव नरहेको दाबी गर्नुभयो । उहाँले लोकतन्त्र र गणतन्त्रको विकल्प अरु हुनै नसक्ने जिकिर गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?