सुनचाँदीको मूल्य बढ्यो

Read Time = 1 min

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार स्थिर रहेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

ADVERTISEMENT

यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँ कायम गरिएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १२ सय ५५ रुपैयामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज