काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी स-शुल्क च्यानलबापत उपभोक्ताले तिर्नुपर्ने शुल्क सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्ने तयारी गरेको छ । जसबाट थोरै च्यानल हेर्ने नेपाली उपभोक्तालाई राहत हुनुका साथै नेपालमा व्यापार गर्दै आएका विदेशी च्यानलको ठगी कम हुने विश्वास गरिएको छ ।
मन्त्रालयले आलाकार्ट प्रणालीका लागि कानुनी व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको हो । उक्त प्रणालीमा ढिलाइ हुँदा विदेशी च्यानलले नेपालका सिग्नल वितरण गर्ने कम्पनीहरूसँग अनावश्यक सौदाबाजी गर्ने, आफूले भनेअनुसार फाइदा लिन नपाए पुरानो कम्पनीसँग एकपक्षीयरूपमा सम्झौता तोडेर अर्काे कम्पनीसँग सम्झौता गरेर बढी रकम नेपालबाट लैजाने, बिनासूचना टिभी सिग्नल बन्द गरिदिने, नेपालका व्यवसायीबीच नै सम्बन्ध बिगार्ने जस्ता काम गर्दै आएका छन् ।
आलाकार्ट प्रणालीबाट नेपाली दर्शकले प्रायः हेर्दै नहेर्ने र कम हेर्ने च्यानलका लागि पनि बढी शुल्क तिर्नुपर्ने बाध्यता कम हुने बताइएको छ । पछिल्लो समयमा केवल टिभी सेवा प्रदायकको बजार खुम्चिँदै गएको छ । आलाकार्ट लागू भएपछि दर्शकमात्रै नभएर सिग्नल वितरण गर्ने कम्पनीको समेत अनावश्यक बोझ कम हुने र विदेशी सशुल्क च्यानल प्रदायकलाई स्वदेशी सिग्नल वितरकले भुक्तानी गर्नुपर्ने शुल्कसमेत पारदर्शी र वैज्ञानिक बनाउन मद्दत गर्ने डिस होमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts