बिग मार्टमा स्मार्ट क्युआरमार्फत् भुक्तानी गर्दा छुट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । बिग मार्टको १४औँ वार्षिकोत्सवका अवसरमा स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गर्दै सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् एक सय ५० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्नेछन् ।

साउन १५ सम्म रहने योजना अवधिभर हरेक ग्राहकले पाँच सय रुपैयाँसम्म छुट लिन सक्ने कम्पनीले जनाएको छ । स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टको सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

ADVERTISEMENT

अफरअन्तर्गत बिग मार्टका सम्पूर्ण शाखामा एनआइसी एसिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइक्यास, पेवेल, यान क्यासका साथै विभिन्न सहकारीका एपमार्फत् पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज