दनुवार जागरण समितिको ५औँ राष्ट्रिय अधिवेशन जारी

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको ईश्वरपुरमा दनुवार जागरण समितिको ५ औँ राष्ट्रिय अधिवेशन जारी छ ।

ईश्वरपुर नगरपालिका ७ धनपती डाँडामा अधिवेशनको राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई दनुवारले आज दिउँसो उद्घाटन गर्नुभयो । दनुवार जागरण समितिका राष्ट्रिय अध्यक्ष रुपनारायण सिंह दनुवारको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन समारोहमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार, सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार, काभ्रेको पाँचखाल नगरपालिकाकी उपमेयर सूर्यमाया दनुवारलगायतले मन्तब्य राख्नुभयो ।

ADVERTISEMENT

अधिवेशनको उद्घाटन समारोहमा दनुवार समुदायबाट विभिन्न तह, तप्कामा पुग्न सफल दुई दर्जन भन्दा बढी व्यक्तिलाई आयोजक दनुवार जागरण समितिले सम्मान गरेको छ ।

नयाँ नेतृत्व चयन गर्दै अधिवेशन आजै राति अबेरसम्म सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?