कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनु भएको छ ।

शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत पाउनु भएको हो ।

उहाँलाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका छन् ।

ADVERTISEMENT

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ । उहाँलाई विश्वास छैन भन्ने पक्षमा १ मत मात्रै परेको छ ।
शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्माको पक्षमा मत दिनुभएको हो ।

मुख्यमन्त्री शर्माले यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गर्नुभएको थियो। राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।

राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदले उहाँलाई आज विश्वासको मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?