हेलिकप्टर आउन सम्भव नभएपछि एम्बुलेन्सबाट सुत्केरीलाई जुम्ला लगियो

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । जिल्ला अस्पताल कालीकोटमा सुत्केरी गराउन नसकेपछि एक जना गर्भवतीलाई जुम्ला रेफर गरिएको छ । नरहरीनाथ गाउँपालिका –१, कोटवाडा निवासी २० वर्षीया सरिता बिष्टलाई हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भएको थियो ।

प्रतिकुल मौसमका कारणले हेलिकप्टर आउन नसकेपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले सरिताको उद्धारका लागि महिला उत्थान समन्वय इकाईको हेलिकप्टर ब्यवस्थापन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जिल्ला अस्पताल कालीकोटका चिकित्सक रमितानाथ योगीको रिपोर्टअनुसार सरिता बिष्टलाई तत्काल उद्धार गर्नुपर्ने भएकाले बिहानै सिफारिस गरेको भए पनि हेलिकप्टर आउन नसकेका कारणले जुम्ला पठाउन बाध्य भएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

अस्पतालका अनुसार सरिता चैत १६ गते स्वास्थ्य सेवा कार्यालय कालीकोटमा भर्ना भएको र उहाँको खुट्टा सुनिएको, प्रेसर बढेको, स्वास्थ्यमा सुधार नआएले तत्काल हेलिकप्टर ब्यवस्थापन गरिएको थियो । तर खराव मौसमका कारण हेलिकप्टर आउन सकेन ।

गर्भवती बिष्टको स्वास्थ्य अवस्था जटिल हुनुको कारण उहाँको दुई वर्षअघि मुटुको भल्ब फेर्ने जटिल शल्यक्रिया गरिएकाले स्वास्थ्य सेवा कार्यालय कालीकोटमा सुत्केरी गराउन जटिल भएकाले तत्काल सुबिधा सम्पन्न अस्पतालमा लैजानु पर्ने सुझाव चिकित्सकको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक कटकवहादुर महतले धेरै प्रयास गर्दा पनि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले जिल्ला प्रशासनलाई आग्रह गरेर ज्यान जोगाउने प्रयास भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?