काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिहिन हुन पुगेको छ ।
मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डाका लागि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री दाहाल चितवनबाटट फर्के पछि पुनः बैठक बसी मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डा हुने जनाईएको छ ।
प्रधानमन्त्री दाहाल चितवनस्थित आन्तरिक विमानस्थलको शिलन्यासका लागि अहिले चितवन जाने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
चितवनवाट फर्के पछि पुनः गठबन्धनको बैठक बसेर मन्त्रालय र मन्त्रालयको भागबन्डा टुंगाइनेछ । प्रधानमन्त्री दाहाल आजै नयाँ मन्त्रीहरुको सपथ खुवाउने तयारीमा हुनुहुन्छ ।
सत्तारुढ गठबन्धनको बैठक आजै दिउँसो २ बजे पुनः बस्ने बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts