काठमाडौं। नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बीचमा आज वार्ता हुँदैछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज (बिहीबार) बिहान छलफल गर्ने भएका हुन् ।
गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बीचमा बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ ।
छलफलमा सरकारी समितिकातर्फबाट पाँच जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि पाँच जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिनुभयो ।
सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहनुभएको छ भने मिटर ब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्यामकुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनुहुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts