पाल्पाको रानीमहलमा ओलीको सेल्फी

‘१० दलको गठबन्धन सलह भन्दा बढ्ता हानिकारक’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

पाल्पा, बुटवल । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रेमको प्रतीक रानीमहल पुुगेर पत्नी राधिका शाक्यसँग सेल्फी खिच्नुुभएको छ । एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रमका लागि मंगलबार पाल्पा आउनुुभएका ओली बुधबार तानसेनस्थित रानीमहलमा रहेको नेपालको ताजमहलका रूपमा परिचित रानीमहल पुुगेर पत्नी राधिकासँग सेल्फी लिनुुभएको हो ।

ओली दम्पतीले सेल्फी लिएको तस्बिर सामाजिक सञ्जालनमा व्यापक भएको छ । पाल्पाली ढाकाको कोट र टोपीमा चिटिक्क सजिनुभएका ओलीले रानीमहल दरबारलाई ब्यागराउण्डमा राखेर पत्नीसँगै सेल्फी लिनुुभएको हो । त्यहाँ पुग्नुुभएका ओलीले निकै आनन्द महसुुस भएको बताउनुुभयो । १२५ वर्षअघि पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको किनारमा निर्माण गरेको दरबार हेर्नलायक रहेको अध्यक्ष ओलीको भनाइ छ । ‘रानीमहल आउँदा निकै आनन्द आएको छ, पहिले हेलिकोप्टरबाट हेरेको थिएँ, अहिले प्रत्यक्ष रूपमा हेर्न पाउँदा खुसी लागेको छ, यहाँ आएपछि सबै किसिमको पीर चिन्ता हराउने प्राकृतिक सुन्दरताले भरिएको पाएँ’ ओलीले भन्नुुभयो । प्रेम गर्ने व्यक्तिहरूको लागि त रानीमहल तीर्थस्थल नै रहेको उहाँको भनाइ छ । ओली दम्पतीले रानीमहल दरबार र पाल्पा दरबार संग्रहालयमा आफैँले टिकट काटेर अवलोकन गर्नुभएको थियो ।

यहाँ पछिल्लो समय प्रेम साटासाट गर्ने युगल जोडीहरूको भिड लाग्ने गर्दछ । तानसेन नगरपालिका-१३, मा रहेको रानीमहलमा युवायुवतीहरू ‘भ्यालेन्टाइन विक’ मनाउन पुुग्छन् । जसको साक्षी बनेर उभिएको छ, कालीगण्डकीको किनारमा रहेको रानीमहल । फेब्रुअरीको सात दिनसम्म मनाइने प्रेम दिवसका अवसरमा युवा युवतीहरू यता आउने क्रम बढ्दो छ ।

ओली मंगलबार नेकपा एमाले पाल्पाले तानसेनको दमकडामा आयोजना गरेको मिसन ग्रासरुट अन्तर्गतको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्न पाल्पा आउनुुभएको थियो । सोही क्रममा उहाँले यहाँका ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थलहरूको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य राजन भट्टराई लगायतको टोलीले पाल्पाको रानीमहल, ऐतिहासिक दरबार संग्रहालय अवलोकन गर्नुभएको हो ।

ADVERTISEMENT

‘१० दलको गठबन्धन सलह भन्दा बढ्ता हानिकारक’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० दलको गठबन्धन सलह भन्दा बढ्ता हानिकारक भएको आरोप लगाउनुभएको छ । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत तिलोत्तमामा भएको अगुवा कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकार रहेसम्म अर्थतन्त्र सही ट्रयाकमा नआउने दाबी गर्नुभयो । अहिलेको सरकार १० वटा टाला जोडेर बनेको भिजनविहीन भन्दै ओलीले यस्ताले देश कसरी बनाउँछन् भन्ने प्रश्न गर्नुभयो । ‘यो सरकार कस्को नीतिमा चलेको छ, कांग्रेसको नीतिमा कि माओवादीको नीतिमा ?’ ओलीले भन्नुभयो, ‘कि खानका लागि मात्रै हो ?’

उहाँले नेता कार्यकर्ताले भाषण भन्दा व्यवहार र आचरण असल बनाउन निर्देशन पनि दिनुभएको छ । अध्यक्ष ओलीले अहिले जनताले भाषण, विचार सुन्न भन्दा व्यवहार र आचरण हेर्ने भन्दै जनताको मन जित्ने गरी जनतामैत्री असल ब्यवहार र आचरण देखाउन निर्देशन दिनुभएको हो ।

ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू खराब भएपनि कार्यकर्ताहरू असल रहेकाले दुबै पार्टीका कार्यकर्ताहरूलाई पार्टीमा भित्राउनुपर्ने वताउनुभयो । ‘माओवादी केन्द्र र नेकपा एस भन्ने पार्टीका नेताहरू कम्युनिष्टका नाममा कांग्रेसको पछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेका छन । तर, कार्यकर्ताहरू असल छन्, उनीहरूलाई नेतृत्वको भ्रमबाट मुक्त गरेर एमालेमा ल्याई विना भेदभाव उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउनुपर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर दलहरूलाई सिध्याउन लागि परेको तर ज्ञानेन्द्रले ‘कु’ गरेपछि बल्ल गणतन्त्रका कुरा गर्न थालेको टिप्पणी गर्नु भयोे । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिन अदालत धाउनेदेखि पार्टी विभाजनमा लागेको पनि उहाँले आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *