देशभर ११ हजारभन्दा बढी चौंरी

Read Time = 3 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसनले कृषिविज्ञ लालकुमार केसीको उपस्थितिमा चौंरी व्यवसायका बारेमा बृहत्तर छलफल कार्यक्रम आयोजना गरेको छ ।

कृषिविज्ञ केसीका अनुसार २९ जिल्लामा चौंरीपालन हुन्छ । जसमा दोलखामा पाँच हजार ५०, सिन्धुपाल्चोकमा चार हजार चार सय ५१, रसुवामा दुई सय २८, रामेछापमा पाँच सय २१, धादिङमा एक सय ७७ र नुवाकोटमा नौ सय गरी देशभर करिब ११ हजार पाँच सय २७ वटा चौंरीगाई रहेको तथ्यांक छ । चौंरी चराउन ३२/३५ सय मिटरको उचाइमा लगिन्छ । चौंरी निरोगी हुन्छन् ।

ADVERTISEMENT

शुद्ध खानपिन, जडीबुटी खाने हुँदा हत्तपत्त रोग लाग्दैन । चौंरीको दूध अत्यधिक पोषिलो र फुल फ्याटको हुन्छ । चौंरीको दूधबाट छुर्पी र चिज उत्पादन हुन्छ । जुन कुरा महँगोमा विदेश निर्यात हुन्छ । चौंरीको हड्डी, रौं, सिङ, पुच्छर सबै बहुमूल्य मानिन्छन् । १५ हिमाली जिल्लामा चौंरीपालन हुन्छ । हिमाली जिल्लामा ४० प्रतिशत खर्क र वनजंगल छ । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले चौंरीपालनलाई सबैले प्रोत्साहित गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । चौंरी, याक पालनले पर्यटन व्यवसाय पनि फस्टाउने उहाँको भनाइ छ ।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिपप्रसाद धमला, उपाध्यक्ष मनोजकुमार घिमिरे, सहकोषाध्यक्ष रामभक्त दाहाल र केन्द्रीय सदस्य रमेश सञ्जेल, एसोसिएसन बागमती प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरे, उपाध्यक्ष ध्रुव तिवारी, सचिव श्याम घिमिरे, एसोसिएसन काठमाडौं जिल्ला अध्यक्ष अजित बजगाईं, सदस्य लिलानाथ दाहाललगायत ललितपुर दुग्ध व्यवसायी समिति कोषाध्यक्ष हुद्धराज तिमल्सिना, सदस्य पुरुषोत्तम सापकोटा, सदस्य दिपक तिमल्सिना, सदस्य सुवास दुलाललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज