काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले संयुक्तरूपमा २०८० सालको क्यालेण्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले क्यालेण्डर सार्वजनिक गर्नुभएको हो ।
प्राधिकरणले जीवन बीमा कम्पनीका लागि २०७९ चैतभित्र पाँच अर्ब चुक्ता पुँजी पु¥याउन निर्देशन दिएपछि प्रभु र महालक्ष्मी लाइफ मर्जका लागि सहमत भएका थिए । मर्जरका लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुवै कम्पनीले २०८० सालको क्यालेण्डर संयुक्तरूपमा निकाली ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वस्त पारेका छन् ।
सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशलाल कर्ण, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंको उपस्थिति थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता