काठमाडौं । प्लान योर मनी, प्लान्ट योर फ्युचर भन्ने नाराका साथ नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले ग्लोबल मनी विक २०२३ का अवसरमा मार्च २० देखि मार्च २६ सम्म बालबालिका र युवाका लागि वित्तीय साक्षरता प्रवद्र्धन गर्ने वार्षिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत दिगो भविष्य निर्माणमा वित्तीय साक्षरता, बचत गर्ने बानी र उद्यमशीलताको महत्व बुझाउन सयभन्दा बढी स्नातक तथा स्नातकोत्तर विद्यार्थीको सहभागितामा वित्तीय साक्षरता सचेतनाका लागि ग्लोबल मनी विक २०२३ सुरुवात गरिएको हो ।
कार्यक्रममा नेपालका विभिन्न प्रदेशका सगरमाथा माध्यमिक विद्यालय झापा, कंकाली उच्च मावि सिम्रौनगढ बारा, पोखरा इञ्जिनियरिङ कलेज पोखरा, नेपाल आदर्श बहुमुखी क्याम्पस कपिलवस्तु, बुद्ध हिमालय उच्च माध्यमिक विद्यालय, जुबिलेन्ट कलेज कालीमाटीसमेत छवटा कलेजमा स्नातक तहका विद्यार्थीका लागि अनलाइन माध्यमबाट र बागमती प्रदेशका विभिन्न तीन कलेज काभ्रे बहुमुखी क्याम्पस बनेपा, कालीदेवी मावि तारकेश्वर-२, मदन भण्डारी मेमोरियल कलेज काठमाडौंमा प्रत्यक्ष माध्यमबाट गरी छ सयभन्दा बढी विद्यार्थीको सहभागिता थियो । कार्यक्रम आर्थिक सहयोग तथा विकास संगठन(ओइसिडी) को पहलमा नेपाल राष्ट्र बैंकसँगको समन्वयमा आयोजना गरिएको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts