मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत सरकारको न्युनतम साझा कार्यक्रमका विषयमा छलफल हुने एक नेताले बताए ।

१० पुसमा बनेको सत्ता समीकरण राष्ट्रपति निर्वाचनअघि टुटेपछि नयाँ गठबन्धनले आफ्नो न्युनतम साझा कार्यक्रम बनाउने तयारी गरेको छ । न्युनतम साझा कार्यक्रममा सहमति जुटेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने गठबन्धन दलमा आवद्ध नेताहरुले बताएका छन् ।

ADVERTISEMENT

साथै बैठकमा समसामयिक राजनीतिकलगायतका विषयमा पनि छलफल हुनेछ ।

बैठकमा नेपाली कांग्रेसबाट शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीको नेता, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जसपाबाट राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेसपाका बाबुराम भट्टराई, आमत जनता पार्टीका प्रभु शाह, जनमोर्चाका चित्रबहादुर केसी हुनुहुन्छ ।

सोमबार देउवा, माधव नेपालसहितको तीनजनाको बैठकमा आज बेलुकी गठबन्धनको संयुक्त बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?