पाठ्यक्रममा सुशासन विषय समेट्ने तयारी

Read Time = 4 mins

काठमाडौं । सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन कार्यक्रमलाई अझै व्यापक बनाउन सो सम्बन्धी विषयलाई त्रिभुवन विश्वविद्यालयले विद्यालयस्तरसम्मकै पाठ्यक्रममा समावेश गर्न पहल गर्ने भएको छ । नेपाललगायत विश्वका अन्य विकसित तथा विकासोन्मुख मुलुकमा पनि सुशासन तथा भ्रष्टाचार निवारणसम्बन्धी विभिन्न तरिकाले शिक्षण संस्थाले तल्लो लेभलदेखि नै सुशासनबारेमा अध्यापन गराउँदै आएका छन् । सुशासनका पक्षमा र भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाउन प्राथमिक तहबाटै विद्यार्थीलाई शिक्षित बनाउँदै लानुपर्ने आवश्यकता महसुस भएको प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरूले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित स्नातकोत्तर तह पहिलो शैक्षिक सत्रका विद्यार्थीको स्वागत कार्यक्रममा उनीहरूले राजनीतिक, सामाजिक तथा आर्थिक सुधारको क्रमसँगै सुशासनलाई पनि सँगै सुधार गर्दै लान सकिए दिगोरूपमा आर्थिक विकास गर्न सहयोग पुग्ने बताए ।

ADVERTISEMENT

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाजशास्त्र संकायका डिन प्राडा कुसुम शाक्यले संसारभरि नै सुशासनको महत्वबढ्दै गएकाले सो सम्बन्धी पाठ्यक्रमले समग्र विकास र सामाजिक रूपान्तरणमा ठूलो सहयोग पुग्ने महसुस गरी नयाँ विषय सुरु गरिएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख तथा केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डा. रमेश पौडेलले कुनै पनि असल व्यक्ति र शैक्षिक संस्थाले देशमा सुशासन स्थापित गर्न र भ्रष्टाचारविरोधी चेतना विकासमा योगदान गर्नुपर्ने भन्दै आवश्यक परे त्रिभुवन विश्वविद्यालयले उक्त अध्ययनलाई प्राथमिक शिक्षासम्मै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाजशास्त्र संकायका सहायक डिन प्राडा ताराप्रसाद भुसालले विद्यार्थी आगामी दिनमा सुशासन क्षेत्रका विज्ञका रूपमा तयार हुने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालय सुशासन तथा भ्रष्टाचार नियन्त्रण अध्ययन केन्द्रका प्राध्यापक तथा नेपाल आर्थिक संघका महासचिव डा. गोपालप्रसाद तिवारीले सुशासन तथा भ्रष्टाचार निवारणको अध्ययन अध्यापनले व्यक्ति र समाजमा जवाफदेहिता बढाउने र नेपालजस्तो विकासशील देशमा शासनको प्रभावकारिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रशासनतर्फबाट रमेश खनाल, पहिलो ब्याचका विद्यार्थी प्रतिनिधि र नयाँ विद्यार्थीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज