उत्तर कोरियाद्वारा पुनः दुईवटा क्षेप्यास्त्र प्रहार

Read Time = 1 min

एजेन्सी । उत्तर कोरियाले सोमबार पुनः दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास सुरु भएकोप्रति आक्रोशित उत्तरले सोमबार बिहानै पूर्वी समुद्री तटतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरी आक्रोश प्रतिक्रिया जनाएको हो ।

दक्षिण कोरियाली सैन्य प्रमुख र जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र प्रहार पुष्टि गर्दै उसका गतिविधि नजिकबाट नियालेको जनाएका छन् ।

ADVERTISEMENT

अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित भन्ने गरेको छ । उत्तर कोरियाले गत शुक्रबारमात्रै पानीमुनि प्रहार गर्न सक्ने ड्रोन परीक्षण गरेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?