समृद्ध देश निर्माणका लागि एमालेको बहुमत आवश्यक : अध्यक्ष ओली

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि एमाले पार्टीको बहुमत हुनुपर्ने बताउनुभएको छ । देशलाई बचाउन र समृद्ध देश निर्माण गर्नको लागि एमालेको बहुमत आवश्यक रहेको उहाँले बताउनुभएको हो ।

सोमबार गुल्मीको सदरमुकाम तम्घासमा भएको मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियानको बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउन नदिनको लागि सबै शक्ति एकजुट भएको आरोप लगाउनुभयो । शिक्षा स्वास्थ्य लगायतका विभिन्न भौतिक संरचना निर्माणको लागि एमाले पार्टी सरकारमा हुँदा धेरै काम गरेको उहाँले बताउनुभयो ।

विगतदेखि नै एमाले पार्टीले देशको पक्षमा काम गर्दै आएको उहाँले बताउनुभयो । “हामीले नेपाली जनतालाई खुसी बनाउन चाहेको छौं ।” उहाँले भन्नुभयो,–“जनता भयत्रासमा बस्न नपरोस् भनेर हामी लागेका छौं ।” नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका लागि एमालेले एकल बहुमत प्राप्त गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले)  देशको हित र लोकन्त्रको पक्षमा उभिए बापत पार्टी विरुद्ध धेरै शक्तिहरु लागेको उहाँले आरोप लगाउनुभयो । “पार्टीको विरुद्धमा चौतर्फी घेराबन्दीमा सबै विरोधी शक्तिहरु मिलेर लागेका थिए ।” उहाँले भन्नुभयो,–“हामी विरुद्ध धेरै षड्यन्त्र भयो । अब मिसन ग्रासरुट मार्फत पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक छ ।” एमाले सिनो खाने स्यालको बच्चा होईन, सिंहको बच्चा भएको उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

“एमालेसंग ठूलो संगठन छ । सबै साथीहरू संगठित हुनका लागि पार्टी चुस्तदुरुस्त हुनुपर्छ ।” उहाँले भन्नुभयो,–“पार्टीलाई योजनाबद्ध सकृयता बनाउन आवश्यक छ । पार्टीभित्र अनुशासित एकताको पनि आवश्यक छ ।” नेता हुनका लागि जनताले मन नपराउने खालका कुनै पनि काम गर्नु हुँदैन् । पार्टीका नेताहरुले आफुमा ठूलो फेरबदल लिन जरुरी रहेको उहाँको भनाइ छ ।

५१ प्रतिशत भन्दा माथी एक्लै एमालेले जित्न सक्ने हुनुपर्ने मिसन ग्रासरुटको उदेश्य रहेको अध्यक्ष ओली बताउनुभयो । अभियानको अहिले मध्यावधि समिक्षामा रहेको उल्लेख गर्दै सबै कमिटी परिचालित हुन जरुरी छ । हरेक टोलमा संगठन, हरेकको घरमा सदस्यको अभियान लगेर सबै लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले भागबन्डा होईन सबै कार्यकर्तालाई काम दिन निर्देशन दिनुभयो । उहाँले पार्टीभित्र गम्भीर छलफल गरेर लाग्नुपर्ने बताउनुभयो ।

एमाले पार्टी भित्र रहेर कसैले पनि गैरएमाले प्रवृत्ति देखाउन नहुने भन्दै सबै सदस्यहरुले अरुको प्रवृत्ति लिएर नहिड्न आग्रह गर्नुभयो । पार्टीलाई धमिलो बनाउने काम नगरौ भन्दै एमालेमा कुनै पनि बैमानी नभएको उहाँले दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *