काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिकाअनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १९ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २८० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना २०० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।
ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ४० रुपैयाँ, भिण्डी १३० रुपैया केजी, रुख टमाटर १५० रुपैयाँ, रुख कटहर ९० रुपैयाँ, भुई कटहर १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ४० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts