नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा नवनियुक्त बसन्तबहादुर कुँवरलाई आज (आइतबार) दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ ।

चैत १० गतेको मनत्रीपरिषद बेठकले प्रहरी अतिरिक्त महानिरीक्षकबाट माहानिरिक्षकमा बढुवा गरेको कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज दर्ज्यानी चिन्ह लगाइदिन लाग्नुभएको हो ।

नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहिआएको छ । उहाँले आइतबार नै प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

ADVERTISEMENT

शनिबारदेखि महानिरीक्षकको कमान्ड सम्हाले पनि बिदाको दिन भएकाले आइतबारदेखि मात्र उहाँले औपचारिक रुपमा प्रहरी कमान्ड सम्हाल्नुहुनेछ ।

सरकारले कुँवरलाई शुक्रबार ५ प्रतिस्पर्धी एआईजीमध्येबाट आईजीमा बढुवा गरेको थियो ।

२९औं आइजिपी धीरजप्रताप सिंह ३० वर्षे सेवावधिका कारण शुक्रबार मध्यरातबाट अवकाशमा जानुभएको छ। सिंह अवकाशमा जानुअघि शुक्रबार दिउँसो मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजिपीमा बढुवा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज